Skip This
कांग्रेस–एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस–एमालेले मागे मुख्यमन्त्री सोडारीको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o८:४९:oo

नेपाली कांग्रेस र नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट राजीनामा दिन माग गरेका छन्। मुख्यमन्त्री अल्पमतमा परिसकेकाले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न दुवै दलले संयुक्त रूपमा आग्रह गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेको जनाएका छन् ।

‘कांग्रेस यसअघि नै विपक्षमा रहेको र एमाले संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिइसकेपश्चात् वर्तमान सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ मुख्यमन्त्रीलाई पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्न यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौँ ।’ कांग्रेस–एमालेले सरकारले बहुमत गुमाइसकेको अवस्थामा दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य नगर्न मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

केन्द्रमा नयाँ समीकरण निर्माण भएसँगै एमालेले २० असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकजना स्वतन्त्र सांसदको समर्थनमा गत ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सदस्य छन् । सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने दुई दलबीच केन्द्रमा सहमति छ ।