Skip This
मनसुनमा फेसन : बालबालिकालाई यस्ता कपडा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मनसुनमा फेसन : बालबालिकालाई यस्ता कपडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:३९:oo

वर्षात्को समयमा बाहिर हिलो हुन्छ र कपडा चाँडै फोहोर हुने जोखिम रहन्छ । त्यहीकारण यस सिजनमा चाँडै सुक्ने खालका कपडा लगाइदिनुपर्छ । बालबालिकालाई कटनबेस, भिस्क्स रेयोन, कटनबेस डेनिमलगायतका कपडा लगाइदिँदा हुन्छ । साना शिशुलाई फुल लेन्थका कपडा लगाउँदा पनि फरक पर्दैन । तर, हिँड्ने उमेरका बच्चालाई हाफपाइन्ट वा घुँडासम्म आउने कपडा लगाइदिनुपर्छ । किनकि, उनीहरू चकचक गरिराख्छन् । 

सकभर बच्चालाई सेतो कलरको कपडा नलगाइदिनुस् । यस्ता कपडा उनीहरूले चाँडै फोहोर गर्न सक्छन् । उनीहरूलाई ब्राउन, अर्थ (माटो) कलर, रंगी–चंगी कपडामा राम्रो देखिन्छ । उनीहरूलाई कार्टुनलगायत चित्रअंकित कपडा पनि लगाइदिन सकिन्छ । यस्ता कपडा लगाउँदा उनीहरूले आनन्दित महसुस गर्छन् । 

बालबालिकालाई सादाभन्दा पनि रंगी–चंगी कपडा नै राम्रो हुन्छ । किनकि, बच्चाको माइन्ड मोनोटोनस हुनुहुँदैन । ड्रेसले उनीहरूको मनोविज्ञानमा पनि प्रभाव पारिरहेको हुन्छ । रंगी–चंगी कपडा लगाउन पाउँदा उनीहरूको सक्रियता र गतिविधि पनि बढेर जान्छ । 

युवालाई कस्तो सुहाउँछ 
यस मौसममा कटन, लिनन, कटनबेस डेनिम फ्याब्रिक महिला/पुरुष दुवैलाई सुहाउँछ । यस्ता कपडाले शीतलता प्रदान गर्छ । पानी पर्ने मनसुनमा फ्लोरल प्रिन्ट (फूलहरूको चित्रांकित) कपडाले तपाईंको व्यक्तित्वलाई खुलाउन सक्छ । महिलाले लाइक्रा, जर्जेट, सिफनलगायत फ्याब्रिक रोज्न सक्छन् । यस्ता कपडा चाँडै सुक्छन् । 

यस मौसममा घुँडा वा पिँडुलासम्म आउने ड्रेस राम्रो हुन्छ । किनकि, वर्षाले भिजेका वेला मिड लेन्थका कपडालाई म्यानेज गर्न जति सहज हुन्छ, फुल लेन्थका कपडा म्यानेज गर्न त्यति नै गाह्रो हुन्छ ।

यस्ता कलर 
स्मार्ट तथा फेसनेबल देखिनका लागि कलर कम्बिनेसनमा ख्याल गर्नुपर्छ । वर्षामा कुल कलरमा धेरै सुहाउँछ । डार्क कलरले सूर्यको प्रकाश ज्यादा सोस्ने भएकाले यस मौसममा लाइट कलर प्रयोग गर्नु राम्रो हुन्छ । स्काई ब्लु, हरियो, पर्पल, लाइट पिंकलगायत कपडा निकै खुल्छन् । हरियो रङ प्रकृतिसँग पनि म्याच हुन्छ । 

ad
ad
ad
ad