Skip This
चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
२o८१ असार २४ सोमबार o८:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चितवनको दियालो बंगला सर्वसाधारणका लागि खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार o८:३१:oo

भरतपुरको ऐतिहासिक दियालो बंगला सर्वसाधारणका लागि खुला गरिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर आइतबार पर्यटनमन्त्री हितबहादुर तामाङले बंगला खुला गरेका हुन् । 

०१९ सालमा निर्माण गरिएको दरबार नेपाल ट्रस्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणका लागि खुला गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तमाङले भरतपुर भ्रमण वर्ष सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

मन्त्री तमाङले पूर्वराजाहरूले पूर्व–पश्चिम र राज्यका सबै ठाउँमा शासनसत्ता चलाउनका लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षको सन्दर्भमा लिएको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिएको बताइन् । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुका रूपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी–छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।   

नेपाल ट्रस्टकी सदस्यसचिव सुनीता गौतमले राजाहरूको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् । भरतपुर– १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ । ट्रस्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए ।

महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । राजपरिवारका सदस्यले बसोवास गर्ने र राजा महेन्द्रको निधन यही बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्गपारि थप पाँच बिघा जमिन छ ।

हितबहादुर तामाङ, पर्यटनमन्त्री
भरतपुर भ्रमण वर्ष सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउँछ । पूर्वराजाहरूले पूर्व–पश्चिम र राज्यका सबै ठाउँमा शासनसत्ता चलाउनका लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको छ ।