Skip This
बालबालिकामा रुघाखोकी देखिए के गर्ने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा रुघाखोकी देखिए के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार ११:१३:oo

बालबालिकालाई सामान्य रुघा वा सामान्य ज्वरो आएका वेला घरमै पनि उपचार गर्न सकिन्छ । घरमै बच्चाको नाक सफा गर्ने, पारासिटामोल दिन सकिन्छ । तुलसीको पानी बनाएर खुवाउने, झोलिलो कुरा प्रशस्त खुवाउने, न्यानोमा राख्नेलगायत घरेलु विधि अवलम्बन गर्नुपर्छ । यसरी उपचार गर्दा ठीक नभए वा अवस्था थप जटिल बन्दै गए अस्पताल लैजानुपर्छ ।

 बच्चाको नाक बन्द भएर दुध खान नसक्ने, घाँटी घ्यारघ्यार हुने, सास फेर्न समस्या हुने, सास छिटोछिटो फेर्ने भयो भने अस्पताल लैजानुपर्छ । किनकि, रुघाखोकीका वेला बच्चालाई दम बढ्छ । केही बच्चामा ज्वरो आएको वेला बेहोस हुने र काम्ने समस्यासमेत देखिन्छ । यस्तो वेला तुरुन्तै अस्पताल लैजानुपर्छ । 

एन्टिबायोटिक र कफसिरप नदिने 
कतिपय अभिभावकले बच्चालाई जथाभावी एन्टिबायोटिक र कफसिरप खुवाउने गरेका छन् । सकेसम्म बच्चामा खोकीको औषधि र अन्य एन्टिबायोटिक औषधि प्रयोग नगर्नु नै राम्रो हुन्छ । यदि औषधि दिनैपरे चिकित्सकको सल्लाहअनुसार दिनुपर्छ । शरीरलाई केही ब्याक्टेरिया आवश्यक पनि पर्छ । अत्यधिक एन्टिबायोटिक सेवनले शरीरलाई चाहिने ब्याक्टेरिया पनि मर्न सक्छन् । त्यसले गर्दा बच्चा बारम्बार बिरामी हुने अवस्था हुन्छ । 

परिवारमा कोही बिरामी छन् भने साना बच्चा र बुढाबुढीसँग उनीहरूलाई घुलमिल हुन दिनुहुँदैन । त्यस्तै, बिरामी अवस्थामा बच्चालाई स्कुल पठाउनुहुँदैन । उसले अन्यलाई संक्रमण सार्न सक्ने भएकाले निको नभएसम्म घरमै आराम गराउनुपर्छ ।

 

ad
ad
ad
ad