मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ६ शनिबार
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ ६ शनिबार १२:४४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

विवेक शर्माको लघुकथासंग्रह ‘जेई’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ ६ शनिबार १२:४४:oo

लघुकथाकार विवेक शर्मा गौतमको लघुकथासंग्रह ‘जेई’को लोकार्पण गरिएको छ। गौतमकी आमाको वार्षिक पुण्य तिथिको अवसर पारेर सिर्जना अभियान समाज भक्तपुर र हाम्रो लघुकथा केन्द्र नेपालले उक्त संग्रह लोकार्पण गरेका हुन्।

हाम्रो लघुकथा केन्द्र, नेपालका संस्थापक लता केसी, केन्द्रका उपाध्यक्ष वरिष्ठ समालोचक डा. शेखरकुमार श्रेष्ठ, सिर्जना अभियान समाज, भक्तपुरका सचिव एवं वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी, समालोचक मनीषकुमार शर्मासमित, हाम्रो लघुकथा केन्द्र, बागमती प्रदेशका अध्यक्ष  इन्दिरा चापागाईं, स्वतन्त्र लघुकथा वाचनका सञ्चालक निर्मला बराल, ‘लघुकथा सौन्दर्य’का संस्थापक श्रीराम राईलगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका थिए।

हाम्रो लघुकथा केन्द्रका उपाध्यक्ष एवं वरिष्ठ समालोचक डा. श्रेष्ठले ‘जेई’ लघुकथासंग्रह पठनीय र संग्रहनीय भएको धारणा राखे। शर्माको कृतिले लघुकथा वृत्तमा लघुकथाको गरिमा बढाएको उनको टिप्पणी थियो।

लोकार्पण कार्यक्रममा कृतिभित्रबाट मिसु थपलिया श्रेष्ठले ‘संकल्प’ र वीरेन्द्र मालाकारले ‘सभ्यता’ शीर्षकको लघुकथा वाचन गरेका थिए। वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मीले सम्पादन गरेको ‘जेई’मा ५१ लघुकथा संग्रहित छन्।

रुकुम पूर्व, सिस्ने गाउँपालिकामा २०२१ फागुनमा जन्मिएका लघुकथाकार गौतम अमेरिकामा बस्दै आएका छन्। उनले फेसबुक लाइभमार्फत कार्यक्रमका आयोजक एवं सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

कविता, निबन्ध, संस्मरण, नियात्रालगायतका विधामा कलम चलाउँदै आएका गौतमका यसअघि ‘विज्ञानको चमत्कार’ (बालसाहित्य, २०६४) कृति प्रकाशित छ।