मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Monday, 07 April, 2025
२o८१ चैत २५ सोमबार २२:३१:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङकर उत्पादन थाल्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार २२:३१:oo

हेटौंडा सिमेन्ट उद्योग संचालनमा आएको छ । विगत ५ महिनादेख बन्द हेटौंडा सिमेन्ट उद्योग सोमबारबाट संचालनमा ल्याइएको हो ।

 विद्युत आपूर्तिमा समस्या भएपछि गत असोजबाट बन्द भएको उद्योग संचालनमा ल्याएको हो ।
आर्थिक अभाव र अघोषित लोडसेडिङका कारण उद्योग बन्द भएको थियो ।

 गत असोजबाट बन्द रहेको उद्योगमा विद्युत नियमित गरेर संचालनमा ल्याइएको हो । सोमबारबाट उद्योगको प्लान्टको किलमा फायर गरि उद्योग संचालनमा ल्याइएको उद्योगका निमित्त महाप्रवन्धक नविन कुमार कर्णले जानकारी दिए ।
 
उनका अनुसार उद्योगको किलमा फायर गरेसंगै उद्योगको उत्पादन प्लाण्ट चलेको र मंगबारबाट क्लिङकर उत्पादन थाल्ने छ । किलमा हिटिङ प्रोसेसमा केही समय लाग्ने भएकाले क्लिङकर उत्पादन मंगलबारबाट हुने उनको भनाई छ ।

विद्युत नियमति भएसंगै उद्योग सञ्चालन नियमित गर्नेगरी तयारी गरिएको उद्योगका निमित्त महाप्रवन्धक कर्णले बताए । हाल उद्योगमा १ हजार ३०० टन कोइला तथा चुन ढुंगा स्टकमा रहेको उनले बताए । ‘उद्योग प्लाण्टको किलमा फायर गरिएको छ । हिटिङ प्रोसेसमा केही समय लाग्छ । भोलीबाट उद्योगले क्लिङकर उत्पादन थाल्छ ।

हामी उद्योगलाई नियमति चलाउने गरी अघि बढेका छौं । सोही अनुसार कच्चा पनि स्टकमा राखेका छौं । सप्लायर्सलाई पनि कच्चा पदार्थ उपलब्ध गराउने गरी अघि बढाएका छौं ।’ उनले भने ।

असोजमा मेसिन बिग्रिएपछि केही समय बन्द भएको उद्योग, विद्याुत आपूर्ति निरन्तर नभएपछि ७ महिना चल्न नसकेको उनले बताए । उद्योगलाई उपलब्ध गराइएको विद्युत प्रशारण ग्रिडमा गत मंसिरदेखि विहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ भएपछि उद्योग सञ्चालन गर्न समस्या भएको उनले बताए ।

‘असोजमा उद्योगको प्लाण्टको मेसिनमा केही समस्या आएको थियो । उक्त समस्या हल गर्न केही दिन लाग्यो । मर्मत सकेर उद्योग चलाउने तयारी गर्दै गर्दा विद्युत आपूर्ति नियमित हुन सकेन ।’ उनले भने, ‘मंसिरदेखि विद्युत प्राधिकरणले अघोषित रुपमा विहान र बेलुका ३/३ घण्टा विद्युत अवरुद्ध गर्दै आएको थियो । त्यसअघि उपकरणमा समस्या आएपछि उद्योग दशै अघिदेखि नै बन्द थियो । बिग्रिएका मेसिन मर्मत गरेर तिहार लगत्तै सञ्चालन गर्ने भनिएको उद्योग विद्युत आपूर्ति नियमित नभएको भन्दै बन्द गरिएको थियो ।’

उद्योगमा देखिने मेसिनरी समस्याहरु हल गर्न प्राविधिक शाखाका कर्मचारी तयारी अवस्थामा रहेको उनले बताए । निमित्त महाप्रवन्धक कर्णले एक महिनालाई पुग्ने कच्चा पदार्थ मौजात रहेको बताए । उनले उद्योगले उत्पादन थालेपछि त्यहि सिमेन्ट बेचेर समस्या टार्दै जाने दावी पनि गरे ।

उद्योग संचालनका लागि स्थायी तर्फ प्राविधिक र प्रशासनिक गरी १६० कर्मचारी र सप्लायर्सबाट लिने गरी ज्यालादारीका कर्मचारीहरु प्रयोग गरिएकको उनले बताए ।
उद्योगका कर्मचारीहरुलाई स्टकमा रहेको सिमेन्ट बेचेर तलब भत्ता वितरण गरिएको र ३ महिनाको तबल भत्ता भुक्तानी गर्न बाँकी रहेको उनले बताए । गत असोजमा उद्योग बन्द हुँदा मौज्दात रहेको करिव १ लाख ५० हजार बोरा सिमेन्ट बेचेर केहि समय उद्योगका कर्मचारी र मजदुरलाई तलब भुक्तानी गरेको थियो । उद्योग संचालनसंगै उत्पादन बिक्रि गरेर तलब भत्ता उपलब्ध गराउने उनले बताए ।

चालु आर्थिक वर्षको ७ महिनामा अवधिमा हेटौंडा सिमेन्ट उद्योग २६ दिन उद्योग संचालनमा आएको छ । अपरेटिङ खर्च धान्न नसक्दा र पुराना उपकरण विग्रिरहँदा बारम्बार बन्द हुने गरेको हेटौंडा सिमेन्ट उद्योग चालु आर्थिक वर्षमा जम्मा २६ दिन चलाइएको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा ७ दिन गरि जम्मा २६ दिन चलेको थियो । चालु आर्थिक वर्षमा साउनमा एक दिन चलेर बन्द भएको उद्योग १४ भदौबाट सञ्चालनमा आएको थियो । तर ७ असोजमा किलमा समस्या आएपछि बन्द भएको उद्योग अहिलेसम्म चलेको छैन ।