Skip This
धर्मेन्द्र विह्वलको ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

धर्मेन्द्र विह्वलको ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

साहित्यकार धर्मेन्द्र विह्वल अर्थात् पत्रकार धर्मेन्द्र झा। उनैको पछिल्लो कृति मैथिली भाषामा ‘शहरक भीडमे एसगर हम’ संग्रह प्रकाशित भएको छ। यो उनको छैठौँ कवितासंग्रह हो।

मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो। उनले यो कृतिमा एकै शीर्षक ‘शहर’मा ५१ वटा कविता अटाएर विशेष कृतिको रूपमा प्रकाशित गरेका छन्।

यस संग्रहबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन्। आफ्नो समयको काव्यात्मक प्रतिमान स्थापित गर्न उन्मुख कवि धर्मेन्द्रको यो कवितासंग्रहलाई पनि पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले मन पराउने अपेक्षा गरिएको छ।

विह्वलका कविताहरूमा व्यक्तिगत अनुभवहरूको जरा गाडिएको हुन्छ। यस कृतिमा पनि त्यो बुझाइको अनुभव गर्न सकिन्छ।

मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको यस कृति ‘शहरक भीड़मे एसगर हम’मा आवरणसहित सबै  चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एससी सुमनले बनाएका छन्। विह्वलको शब्द र सुमनको चित्रको ‘फ्युजन’ले संग्रहलाइ विशेष बनाएको छ। 
 
यसअघि विह्वलका ‘रस्ता तकैत जिनगी’ (२०५१), ‘एक सृष्टि एक कविता’ (२०५६), ‘एक समयक बात’ (२०६३), ‘धुवाँएल आकृतिसभ’ (२०६३) र ‘व्योमक ओहि पार’ (२०७८) मैथिली कवितासंग्रह प्रकाशित छन्। 

कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको उल्लेख गरेका छन्।