१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ ३ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १४:o६:oo

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै सर्वोच्च अदालतपरिसरमा विरोध प्रदर्शन भएको छ । मंगलबार उनकी श्रीमती आरती गिरी रावलले कालो कपडा लगाएर कपाल फाल्दै विरोध प्रदर्शन गरेकी हुन् । 

अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै उनले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेकी छिन् । न्यायाधीश गिरीमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी छ ।

प्रदर्शनमा सहभागी बिनु यादवले आफूहरू धेरैपटक न्यायपरिषदमा गए पनि मुद्दा दर्ता नै नगरेको र पीडितका कुराहरू सुनुवाइ नभएको बताइन् । उनले आफूमाथि समेत काकाससुराबाट पटकपटक बलात्कारको प्रयास भए पनि पीडकलाई अहिलेसम्म कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरिन् । ‘न्यायाधीश भुवन गिरी हुनुहुन्छ, उहाँको श्रीमती हो आरती गिरी । हामी धेरैपटक भइसक्यो न्यायालय धाएको, तर प्रक्रिया अघि बढाइदिनुभएको छैन । न्यायका लागि हामीले आत्मदाह गर्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् ।

त्यस्तै प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाइन् । उनले भनिन्, ‘भुवन गिरीलाई गिरफ्तार त परको कुरा, कम्प्लेन मात्रै पनि कसैले दर्ता गरेको छैन । उनी न्यायाधीश हुन्, के उनको लागि कुनै कम्प्लेन रजिस्टर हुँदैन ?’