Skip This
अध्यादेशको विरोध गर्नु नौटंकी हो: योगेश भट्टराई
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १५:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यादेशको विरोध गर्नु नौटंकी हो: योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १५:३८:oo

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले दुई जना सांसदबाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद भट्टराईले अरू सांसदहरू अध्यादेशका प्रक्रियामा कतै न कतै सामेल वा हस्ताक्षरकर्ता रहेको बताए।

‘अध्यादेशको प्रक्रियाका बारेमा विरोध गर्ने कसैले अधिकार राख्छ भने, प्रेम सुवाल र योगेन्द्र मण्डलले राख्नुहुन्छ। आजसम्म  उहाँहरूको सरकारमा सहभागीता छैन,’ उनले भने, ‘त्यसभन्दा बाहेक कुनै पनि दल र कुनै पनि सांसदले अध्यादेशको प्रक्रियाबारे विमति राख्नु नौटंकी हो। किनभने हामी सबै त्यसमा कुन न कुनै बेला भाग लिएको र सही गरेका छौं।’

सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश शुक्रबार संसदमा पेस हुँदैछ।