मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १६ बुधबार २o:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश सापकोटा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार २o:११:oo

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन्। २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सापकोटा निर्वाचित भएका हुन् । अध्यक्षको प्रत्यासीमा हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल र योगेन्द्र बुढा थिए।

सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राईले ६१५ मत ल्याएका छन्। ३२ वर्षे उमेरहद लागू भएपछि गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो। महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्। उनले ५९६ मत प्राप्त गरेका छन्। थापामगर हेमन्त राई प्यानलका हुन्। महासचिवको प्रत्यासीमा तिर्सना हमाल, पदम काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्याम मिजार र सञ्जीव फुँयाल पनि थिए।

अनेरास्ववियू (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरू 

  • अध्यक्ष : विजयप्रकाश सापकोटा
  • उपाध्यक्ष : अटल आचार्य
  • उपाध्यक्ष : मदन ढकाल
  • उपाध्यक्ष : विराज थापा
  • उपाध्यक्ष : दीपा जैशी
  • उपाध्यक्ष : ममता अधिकारी
  • उपाध्यक्ष : सन्दीप पुन
  • उपाध्यक्ष : कृष्णबहादुर सुनार
  • उपाध्यक्ष : अभिमन्यु यादव
  • उपाध्यक्ष : उमेश कँडेल
  • महासचिव : रोशन थापामगर
  • उपमहासचिव : विपिन पोखरेल
  • उपमहासचिव : गजेन्द्र यादव
  • उपमहासचिव : निर्मला गौतम
  • उपमहासचिव : भगवान बास्तोला
  • उपमहासचिव : रेशम अधिकारी
  • उपमहासचिव : प्रकाश अधिकारी
  • उपमहासचिव : रामचन्द्र भट्ट
  • उपमहासचिव : निरोज श्रेष्ठ
  • उपमहासचिव : जटिल कार्की
  • सचिव : प्रेम जैशी
  • सचिव : वीरेन्द्र जिसी
  • सचिव : शिशिर बस्याल
  • सचिव : सम्झना राई 
  • सचिव : तिर्सना आलेमगर
  • सचिव : सम्कृति पुन
  • सचिव : आर्टिस्ट मोक्तान 
  • सचिव : आशा उपरकोटी 
  • सचिव : अमर मण्डल
  • सचिव : जीतेन्द्र भण्डारी
  • सचिव : युन्छो हाङ्ग मावो
  • कोषाध्यक्ष : फूलमाया रानामगर