१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
२o८१ असोज ५ शनिबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यवसायीलाई सेयर बजार तथा बिमा सम्बन्धी अभिमुखीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:४२:oo

रुपन्देही व्यापार संघ सूचना प्रविधि वस्तुगत उपसमितिको आयोजनामा बुटवलमा एक दिने सेयर बजार तथा बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। व्यवसायीहरुलाई सेयर कारोबार तथा बिमाका सम्बन्धमा जानकारी दिँदै सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको संघले जनाएको छ। कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले कुनै पनि व्यवसायमा संलग्न हुदा त्यसको मान्यता, क्षेत्र र सम्भावनाको बारेमा जानकारी लिएर मात्र हुनु पर्दछ भन्ने कुराको जनचेतना जगाउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरेको बताए।

उनले सेयर बजार र बिमाका विषयमा आम नागरिकहरुमा प्रर्याप्त जानकारी नभएको अवस्थामा त्यससँग सम्बन्धित संस्थाहरुले जनस्तरमा अभियान थाल्नु पर्ने सुझाव दिए। कार्यक्रममा नेको इन्सुरेन्स लि.का नायव महाप्रबन्धक रमेशबहादुर थापाले बिमा हरेक प्रकारका जोखिममा व्यक्तिले पाउने सुरक्षाको एक अंग भएका कारण यसमा आवद्ध हुने कुरामा सबैको ध्यान जानुपर्ने धारणा राखे ।

कार्यक्रममा महासचिव फर्सुराम पन्थ, शेयर विश्लेषक विक्रम चित्रकार, आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रा.लि. बुटवलका शाखा प्रबन्धक टेकराज भट्टराई, सूचना प्रविधि वस्तुगत उपसमितिका वस्तुगत इन्चार्ज रितेश ज्ञवाली, सूचना प्रविधि वस्तुगत उपसमितिका संयोजक रविलाल पोखरेललगायत शेयर बजार तथा बिमाका बारेमा धारणा राखेका थिए ।
त्यस अवसरमा बिमाका सम्बन्धमा नेको इन्सुरेन्स लि.का नायवप्रबन्धक रमेशबहादुर थापा र शेयरका विषयमा शेयर विश्लेषक विक्रम चित्रकारले  प्रकाश पारेका थिए ।