१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ५ शनिबार o९:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘सरकार निजी क्षेत्रमैत्री सुधारमा केन्द्रित छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o९:२८:oo

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार निजी क्षेत्रमैत्री नीतिगत सुधारतर्फ केन्द्रित रहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औँ साधारणसभामा बोल्दै मन्त्री भण्डारीले अर्थ, राष्ट्र बैंकलगायतका सरोकारवालासँग समन्वय गर्दै निजी क्षेत्रमैत्री नीतिगत सुधार गर्ने बताएका हुन् । 

कार्यक्रममा संघका अध्यक्ष विश्वराज बज्राचार्यले रेमिट्यान्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन निजी क्षेत्रमैत्री नीति–नियम बनाउनुपर्ने बताए । सांसद प्रेम महर्जनले युवाहरूको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो लगानी सम्मेलनका वेला गरिएका नीतिगत तथा कानुनी सुधारका कारण आठ लगानीको सम्भावना बढेको बताए ।