Skip This
 खानेतेल बोकेको ट्रक दुर्घटना : शंकास्पद देखिएपछि प्रहरीले थाल्यो अनुसन्धान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Thursday, 19 September, 2024
२o८१ भदौ ३१ सोमबार o७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 खानेतेल बोकेको ट्रक दुर्घटना : शंकास्पद देखिएपछि प्रहरीले थाल्यो अनुसन्धान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o७:२९:oo

 त्रिशूली किनारमा ट्रक दुर्घटनाग्रस्त अवस्थामा भेटिएको घटना शंकास्पद देखिएको छ । आइतबार बिहान भैरहवाबाट काठमाडौं जाँदै गरेको ना.६ख ६२८३ नम्बरको ट्रक नारायणघाट–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका– २९ को २५ किलोस्थित नदीकिनारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

ट्रकमा दुई हजार २२५ कार्टुन सनफ्लावर तेल बोकेको बिल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बताए । उनका अनुसार ट्रकबाट लोड गरिएको तेलको बिलमा चालकको नम्बर र पुर्‍याउनुपर्ने ठाउँसमेतको नम्बर भेटिएको छ । तर, चालकको मोबाइल स्विच अफ छ ।

उनका अनुसार तेल शुक्रबार भैरहवामा लोड भएको थियो । तर, आइतबार दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा ट्रकभित्र आधा तेल गायब भएको डिएसपी रिजालले बताए । ‘दुई हजार २२५ कार्टुन तेल भएकोमा आधा हाराहारीमा तेलका कार्टुन गायब छन्,’ उनले भने, ‘ट्रक शनिबार राति नै नदी किनारामा खसालेको हुन सक्छ । अनुसन्धानमा छौँ । प्रहरीले यातायात व्यवस्था विभागसँग समन्वय गरी ट्रकधनीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । ट्रकचालक यकिन भएसँगै घटनाबारे थप खुल्ने उनले बताए ।