पाहुना आएका मामाको हत्या आरोपमा भान्जा पक्राउ

सोमबार, २८ कार्तिक, २०७९
डिजिटल संस्करण

पाहुना आएका मामाको हत्या आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका– ८ स्थित कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरीशनिश्चरे नपा– ८ का ४२ वर्षीय मामा काजी मोहराको हत्या आरोपमा भान्जा २२ वर्षीय सुजन पाँचकोटीलाई प्रहरीले पक्राउ गरेको हो । 

घरायसी वादविवादको क्रममा २७ कात्तिक साँझ उर्लाबारी– ८ घर भएका भान्जा सुजनले मामा काजीलाई धारिलो हतियार टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

उनको उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा २८ कात्तिक बिहान १ बजे मृत्यु भएको थियो ।  मामाको मृत्यु भएपछि भान्जा सुजनलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।  

See More On

सुझावित समाचार