सुदूरपश्चिममा तीन सय ५२ मतदानस्थल अति संवेदनशील

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका एक हजार एक सय ६१ मतदानस्थलमध्ये तीन सय ५२ अति संवेदनशील मानिएका छन्। 

प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारीअनुसार चार सय चार मतदानस्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन्। कैलालीका दुई सय ३७ मतदानस्थलमध्ये ५३ अति संवेदनशील, एक सय ३१ संवेदनशील र ५३ सामान्य अवस्थामा छन्। 

कञ्चनपुरमा ६६ अति संवेदनशील, २६ संवेदनशील र ४० सामान्य अवस्थाका मतदानस्थल छन्। बाजुराका ७० मतदान स्थलमध्ये ४३ अति संवेदनशील, २३ संवेदनशील र चार सामान्य रहेका छन् । डडेल्धुराका एक सय एक मतदानस्थलमध्ये २३ अति संवेदनशील, ४१ अति संवेदनशील र ३७ सामान्यमतदान स्थल छन्। 

बझाङका एक सय ३५ मतदान स्थलमध्ये ५६ अति संवेदनशील, ५८ संवेदनशील र ७६ सामान्य रहेका छन्। डोटीमा अति संवेदनशील नौ, संवेदनशील ३० र सामान्य ७६ गरी एक सय १५ मतदान स्थल छन्। 
अछामका एक सय ३० मतदान स्थलमध्ये अति संवेदनशील ६०, संवेदनशील ५० र सामान्य २० मतदानस्थल छन्।

बैतडीका एक सय २९ मतदान स्थलमध्ये ३१ अति संवेदनशील, ३४ संवेदनशील र ६४ सामान्य स्थल रहेका छन्। यस्तै, दार्चुलामा अति संवेदनशील ११, संवेदनशील ११ र सामान्य ९० गरी एक सय १२ मतदानस्थल छन्। 
 

सुझावित समाचार