फुर्सद संवाद
म अत्यधिक रुपमा गीतहरू सुन्छु । खेल जित्दाको समय रोमान्टिक गीत र खेल हार्दाको समय स्याड सङ सुन्ने गरेको छु । घरमा एक्लै बस्दा पनि गीत सुन्छु । गीत सुन्दै कलेजको नोट सार्छु ।
चलेका नेपाली गीतहरू प्रायः सबै सुनिसकेको छु । संगीतले मानिसमा उर्जाको सञ्चार गराउँछ । आशावादी बनाउँछ ।
हामी प्रायः खेलकुदमै व्यस्त हुन्छौं । खेलको तयारी गर्नुपर्ने भएकाले सिनेमा हेर्ने फूर्सद त्यति साह्रो मिल्दैन । तर, खेलकुदका प्रतियोगिता सकिएपछि फुर्सद भएको समयमा राम्रो सिनेमा लागेको छ भने हलमा गएर हेर्ने गरेको छु ।
पछिल्लो समय मैले कबड्डी हेरेको थिएँ । पछिल्लो समय नेपाली फिल्महरू पनि राम्रो बनिरहेका छन् । खुसी लाग्छ ।