फर्निचरका कलाकृति बनाउँछु

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण
फर्निचरका कलाकृति बनाउँछु

विपिन कार्की, अभिनेता

फुर्सद संवाद

मलाई हरियाली मन पर्छ । मेरो कोठाअगाडि गार्डेन छ । बोटबिरुवासँग खेल्न मन लाग्छ । विभिन्न थरीका फूल रोपेको छु । बिहान एकछिन फूल गोड्ने र पानी हाल्ने काम पनि गर्छु । घरमा फुर्सद हुँदा काठका विभिन्न आकृति तयार गर्छु । मसँग फर्निचरका सामानहरू छन् ।

गुरुकुलमा हुँदा मञ्च सेटअपको काम गर्थें । त्यो एक किसिमको आर्ट नै हो । फर्निचरको काम मेरो प्यासनजस्तै बनेको छ । कलाकृति तयार गर्नकै लागि झन्डै ८० हजारको काठ किनेर घरमा ल्याएर राखेको छु ।

भोलि कुनै सिनेमामा काठको काम गर्ने रोल पाइयो भने मज्जाले निभाउन सक्छु, कुनै रिसर्च आवश्यक पर्दैन । मलाई आजकल घरमै बस्न मन लाग्छ, कामबाहेक बाहिर हत्तपत्त निस्कने गर्दिनँ ।

सबेरै उठ्ने बानी छ । ओछ्यानमै सामाजिक सञ्जाल हेर्छु । मलाई राजनीतिक तथा समसामयिक विषयवस्तुमा बढी चासो छ । त्यसैले विभिन्न अनलाइनका समाचारहरू पढ्छु । त्यसपछि मनतातो पानी पिउँछु । बिहान छोरीलाई खाना खुवाउँछु । श्रीमती एक्लैले सबै काम गर्न सम्भव हुँदैन ।

त्यसैले घरको काम मिलेर गर्छौं । प्रायः तरकारी किन्ने कामचाहिँ मेरै हुन्छ । छोरी बोकेरै तरकारी किन्न जान्छु । छोरी पनि मसँगै घुम्न रमाउँछिन् । फुर्सद हुँदा श्रीमतीलाई सरसफाइको काममा पनि सघाउँछु । 

See More On

सुझावित समाचार