पछिल्लो समय होम एन्ड किचन एप्लाएन्सेसमा वेबर ब्रान्डले बजार विस्तार गरिरहेको छ । सस्तो, टिकाउ र गुणस्तरीय सामान किन्न चाहने ग्राहकलाई लक्षित गर्दै वेबरले बजार विस्तार गरेको हो । आरएसभी टेली सिस्टम प्रालिले भारत र चीनबाट तयारी सामान आयात गरी नेपाली बजारमा बेच्दै आइरहेको छ । अढाई वर्षअघि नेपालमा बिक्री–वितरण सुरु भएको वेबर ब्रान्डका किचन एन्ड होम एप्लाएन्सेसका उत्पादन रहेका छन् । साथै, चीनको सरकारी स्वामित्व रहेको कम्पनी च्याङघोङ ब्रान्डको एसी, स्प्लिट एसी, सिलिङ क्यासेटदेखिको सामान बिक्री गर्दै आएको वेबरका नेसनल सेल्स म्यानेजर रवीन गिरीसँग उत्पादन र बजारमा विषयमा नयाँ पत्रिका कर्मी मीनराज बसन्तले गरेको कुराकानीः
प्रतिस्पर्धात्मक इलेक्ट्रोनिक्स बजारमा वेबरको अढाई वर्षको यात्रामै ग्राहक कसरी कन्भिन्स भइरहेका छन् ?
हामीले बिक्री गर्ने वस्तु यहाँ उत्पादन गर्ने होइन । ग्राहकलाई खुसी पार्नकै लागि क्वालिटीमा सम्झौता गर्ने कि नगर्ने भन्ने विषयमा ख्याल गर्नुपर्छ । जहाँ छनोटमा मान्छे चुक्छन्, त्यहाँ कन्जुमर चिटिङमा पर्छन् । अहिलेका मान्छे चिप एन्ड बेस्ट र युज एन्ड थ्रोमा डाइभर्ट भए । हिजो नेपालमा तोसिबा, सार्प, पानासोनिक आए । तर, हाम्रो मार्केटलाई नबुझ्दा टिकेनन् । एउटा ग्राहकले १०औँ वर्ष एउटा उत्पादन उपभोग गरेपछि इरिटेड हुन्छ । टेक्नोलोजी पनि चेन्ज हुँदै जान्छ । अतः हामीले गुणस्तर र मूल्यमा सम्झौता गरेका छैनौँ । वेबरमा बेस्ट प्राइस बेस्ट क्वालिटी र बेस्ट पर्फर्मेन्स छ ।
टेक्नोलोजी चेन्जको कुरा गर्नुभयो । वेबरलाई पनि त रिप्लेस्मेन्ट गर्ने अर्को कुनै ब्रान्ड आउला नि ?
आउन सक्छ । भोलिका दिनमा हामीले पनि एउटा रणनीति बनाएर जानुपर्छ । अहिले दिइरहेका उत्पादनमा लिमिट मार्जिन राखेर पनि दिन सकिन्छ । आखिर अरूले गर्ने पनि यही हो । नयाँ टेक्नोलोजीको विषयमा अन्य ब्रान्डले सोही ब्रान्डसँग एक्सचेन्ज गरेझैँ वेबर टु वेबर पनि गर्न सकिन्छ । हामी ग्राहक र कम्पनी विन–विनको सिचुएसनमा जान चाहन्छौँ ।
प्राइस पनि अरूको भन्दा सस्तो भन्न खोज्नुभएको हो ?
हो, अरू ब्रान्डभन्दा धेरै स्तरीय मूल्य छ वेबरको । सामान्यता, नेपालमा तीन प्रकारको बजार छ । टप, मिडिल र ग्रास लेभलको । टप लेभलकाले विश्वविख्यात ब्रान्ड प्रयोग गर्छन् । त्यहीअनुसारको भ्यालु पे गर्छन् । ट्याक्स र एडभर्टिजका कुरा हुन्छन् । तर, क्वालिटीमा भयंकर फरक हुँदैन । हामी ती ब्रान्डसँग पनि प्रतिस्पर्धा गर्न सक्छौँ भनेरै अगाडि बढेका छौँ । तर, हामी अधिकांश मिडिल क्लास प्रयोगकर्ता भएकाले सस्तो र टिकाउ सामान नै प्रयोग गर्छौँ । यसैको विकल्प हो, वेबर ।
नयाँ उत्पादन कुनै आउँदै छ कि ?
हामीले ल्याएका कतिपय सामान भन्सारबाट छुट्ने क्रममै छ । बजारमा माग भएकाले छिट्टै इन्फ्रारेड र इन्डक्सन मिक्सवाला उत्पादन लन्च गर्ने तयारीमा छौँ । भोलिका दिनमा डिमान्ड बढ्यो भने आइसमेकर पनि ल्याउनेछौँ ।
कम्पनीका चुनौती के हुँदा रहेछन् ?
आ–आफ्ना क्षेत्रमा आ–आफ्नै खालका चुनौती हुन्छन् । त्यस्तै, चुनौती इलेक्ट्रोनिक्स क्षेत्रमा पनि छ । यसमा बेस्ट प्राइस, बेस्ट क्वालिटी, बेस्ट स्किम र फास्ट सर्भिस दिनु नै कम्पनीको मुख्य चुनौती रहेको छ ।
ग्राहकले वेबर नै किन किन्ने ?
यसका लागि एउटा उदाहरण दिन्छु । मानौँ, एक लाख २० हजार रुपैयाँमा कुनै एउटा सामान किन्दै हुनुहुन्छ । तर, वेबर ब्रान्डको त्यही सामान ५० हजार रुपैयाँमै पाइन्छ भने किन ५० हजारभन्दा बढी तिर्नुहुन्छ ? त्यो पैसाले अरू थप सामान किन नकिन्ने ? अन्य कम्पनीको एउटा उत्पादनको बजेटले वेबरको पूरै होम एप्लाएन्सेस आउँछ भने किन नकिन्ने ? माथि भनेझैँ बेस्ट क्वालिटी, बेस्ट प्राइस र बेस्ट पर्फर्मेन्सका लागि ग्राहकले ढुक्क भएर वेबर किन्दा हुन्छ ।