गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको पहिलो गीति एल्बम ‘म चेतन’ लोकार्पण गरिएको छ । नारायण ओलीको एकल संगीत रहेको एल्बमलाई गीतकार कार्कीको ८४औँ जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
वरिष्ठ नृत्यनिर्देशक भैरवबहादुर थापा, चेतन कार्की प्रतिष्ठानकी अध्यक्ष कलाकार मिथिला शर्मा, चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की, गायिका कुन्ती मोक्तानलगायतले यस एल्बमको लोकार्पण गरे ।
नौवटा गीत समावेश गरिएको एल्बममा नारायण ओली, दीप श्रेष्ठ, कुन्ती मोक्तान, अञ्जु पन्त, बानिका प्रधान, महेश सेवा, निशान भट्टराई, अस्मिता अधिकारी, रचना रिमाल र प्रविन बेडवालको स्वर छ । कार्यक्रममा ‘म चेतन’ एल्बममा समाविष्ट गायक दीप श्रेष्ठको आवाजमा रहेको गीत ‘विरहमा’ गीतको म्युजिक भिडियो प्रदर्शन गरियो ।