३ प्रश्न

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

अख्तियारले विशेष अदालतमा दायर गरेका धेरै मुद्दा असफल भएपछि सर्वोच्चमा पुनरावेदन गरेको छ । मुद्दा किन असफल हुन्छन् ? 
मुद्दा असफल हुनुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत दुवैको कमजोरी छ । ७५ प्रतिशत अख्तियारको अनुसन्धानमा र २५ प्रतिशत अदालती कारबाहीको कमजोरी हो । 

अख्तियारका कस्ता र अदालतका कस्ता कमजोरी हुन्छन् ?
अख्तियारको उद्देश्य राम्रो छ । तर, अख्तियारको अनुसन्धान अपुरो छ । आयुक्तहरूलाई अनुसन्धानको राम्रो ज्ञान छैन । अवकाशप्रप्त सचिवहरूलाई आयुक्त बनाएर जागिर दिने ठाउँ होइन, अख्तियार । अदालतमा पनि कमजोरी छ । अदालती प्रक्रिया, कारबाही, मुद्दाको पूर्पक्ष, साक्षी बुझ्ने, साक्षीको जिरह परीक्षण र अभियुक्तको बयानलगायत न्यायाधीशले ध्यानपूर्वक आफैँले गर्नुपर्छ । तर, अहिले त्यसो गरिँदैन । न्यायाधीशले वकिलको बहसमात्र सुन्छन् । अदालतले वकिलको बहसलाई मात्र महत्वपूर्ण ठानेको छ । विदेशतिर अदालती प्रक्रियामा धेरै ध्यान दिइन्छ । हाम्रोमा ठीक उल्टो छ ।  

सुधारका उपाय के के हुन सक्लान् ? 
अख्तियारको अनुसन्धान प्रक्रियामा आमूल परिवर्तन गर्नुपर्छ । आयुक्तमा सरकारी वकिल, प्राइभेट वकिल र प्रहरीका ख्यातिप्राप्त अनुसन्धानकर्ता नियुक्त गरिनुपर्छ । पर्याप्त प्रमाणका आधारमा अनुसन्धानलाई तथ्यसंगत र बलियो बनाउनुपर्छ । अदालतको पनि प्रमाण मूल्यांकन परिपाटीमा सुधार आवश्यक छ । अदालती प्रक्रिया, कार्यविधि र मुद्दाको पूर्पक्ष, साक्षी बुझ्ने, साक्षीको जिरह परीक्षण, अभियुक्तको बयानलगायत न्यायाधीश आफैँले गर्नुपर्छ । 

See More On

सुझावित समाचार