धनुषामा चुनाव प्रचारमा प्रयोग भएका भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडियो

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

धनुषामा पनि दल तथा उम्मेदवारले चुनावी प्रचारमा भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्दै आएका छन् । हालसम्म प्रहरीले भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर सचेत गराई छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक क्षेत्रीले चुनाव प्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्बर प्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडेको बताए ।

‘स्वतन्त्रदेखि ठूला पार्टीका उम्मेदवारले प्रचारप्रसारमा भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरेका छन् । हामीले त्यस्ता २६ गाडी नियन्त्रणमा लिएर आइन्दा आचारसंहिता उल्लंघन नगर्ने सर्तमा छाडिदिएका छौँ,’ उनले भने । 

सुझावित समाचार