परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका व्यक्तिले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भएका छन्।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रमध्ये एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।

आयोगबाट वितरण भएको परिचयपत्र हराए वा नासिएको अवस्थामा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

सुझावित समाचार