नेसनल लाइफ इन्स्योरेन्सको तीनदिने कार्यक्रम सम्पन्न

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ। काठमाडाैंको चन्द्रागिरि हिल्समा कम्पनीले कात्तिक १९ देखि २१ गतेसम्म उक्त कार्यक्रम गरेको हो।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि ०७९ साउनमा सञ्चालित अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीका ब्रान्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्यसहित कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका खड्काले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए। उत्कृष्ट व्यवसाय गरी योजनामा छनाेट भएका करिब सय वरिष्ठ अभिकर्ता सहभागी रहेको कार्यक्रममा मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए।

यसैगरी, तोकिएको लक्ष्य पूरा गरी कार्यक्रममा सहभागी अभिकर्ताहरूको परिश्रम र मिहिनेतको कदर गर्दै सम्मानसमेत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्रान्ड एम्बेसडर खड्काले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध भई कार्यक्रममा सम्मानित बिजनेस लिडरहरूसँग साक्षात्कार हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताउँदै अभिकर्ताहरूलाई बधाई दिए।
 

सुझावित समाचार