वरिष्ठ कलाकार नीर शाहले काठमाडौ ५ मा पाँच वर्षअघिको नियति दोहोरिन दिन नहुने बताएका छन्। शनिबार विशाल नगरमा आयोजित ‘लोकतान्त्रिक बुद्धिजीवी तथा पेसाकर्मी समूहको बृहत भेला’मा बोल्दै उनले लोकतान्त्रिक शक्तिलाई मत दिएर पाँचवर्ष अघिको भूल सुधार गर्नुपर्ने बताएका हुन्।
‘मैले पाँच वर्षअघि नै भनेको हुँ लोकतान्त्रिक शक्तिलाई मत दिऔँ भनेर। अहिले त्यो सत्य सावित भएको छ। यसपटक यो भुल नगरौँ,’ उनले भने।
यस क्षेत्रमा सत्तागठबन्धनका उम्मेदवार प्रदीप पौडेल सुन्दर नेपालको परिकल्पनाकार भएको भन्दै उनले पौडेललाई मत दिन आग्रह गरे। ‘अहिले यस क्षेत्रले प्रदीप पौडेललाई उम्मेदवारको रुपमा पाएको छ। सुन्दर नेपालको परिकल्पनाकार हुन् प्रदीप। संकुचित सामन्ती सोचलाई पराजित गर्न गठबन्धन गरेको हो। वैचारिक सम्मुन्नतिको पक्षमा मतदान गर्नुहोला।’