हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय चहलपहल बढेको छ। पर्यटकीय सिजनसँगै मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल देखिएको हो।
कोभिड महामारीपछि सुस्ताएको पर्यटन बिस्तारै लयमा फर्किन लागेको छ । शरदकालीन सिजनसँगै पर्यटक आगमन बढ्न थालेपछि पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन्। मुस्ताङ भ्रमणका लागि यो सबैभन्दा उपयुक्त समय पनि हो।
.jpg'_'.2022-11-03.jpg)
मुस्ताङका प्रमुख गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताललगायतमा पर्यटकको भिडभाड देखिन्छ।
मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। यहाँ रहेको चार्चित धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न स्वदेशी र भारतीय पर्यटकको ओइरो लाग्ने गर्छ। अहिले पनि भारतीय पर्यटकको चहलपहल नै बढी देखिएको छ।
.jpg'_'.2022-11-03.jpg)
दसैँपछि नै मुस्ताङमा पर्यटकको भिड लाग्न थालेको स्थानीय व्यवसायीले बताए। प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको मुस्ताङ विदेशी पर्यटकको पनि आकर्षणमा पर्ने गर्छ।
नांगा पहाड, सेताम्मे हिमाल, चिसो हावापानी, संस्कृति र जीवनशैली, तालतलैया, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा, बस्ती, चीनसँग जोडिएको कोरोला नाका, माथिल्लो मुस्ताङ, स्याउ फार्मलगायत मुस्ताङका आकर्षण हुन्।
.jpg'_'.2022-11-03.jpg)
.jpg'_'.2022-11-03.jpg)
.jpg'_'.2022-11-03.jpg)
.jpg'_'.2022-11-03.jpg)
.jpg'_'.2022-11-03.jpg)
.jpg'_'.2022-11-03.jpg)
.jpg'_'.2022-11-03.jpg)