प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  प्रचण्डनिवास खुमलटारमा आज बिहान भेटवार्ता भएको हाे । 

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासबारे छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताए । 

उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए । उनले ७५ वर्षदेखिको नेपाल–अमेरिका सम्बन्धले आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे । 

सुझावित समाचार