आचरणविपरीत काम गर्ने सशस्त्रका दुई अधिकृत निलम्बित

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

आचरणविपरीत काम गर्ने दुईजना सशस्त्र प्रहरी निलम्बनमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगर निलम्बनमा परेका हुन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही कात्तिक ४ गते निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो । 

त्यस्तै, गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायब निरीक्षक मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुवैलाई विभागीय कारबाही अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

See More On

सुझावित समाचार