३ प्रश्न

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

अख्तियारद्वारा अनुसन्धान टुंगिएका फाइलहरू तामेलीमा राखिनु कति स्वाभाविक हो ? 
अनुसन्धान टुंगिएका ठूलो संख्याका फाइल तामेलीमा राख्नु शंकास्पद छ । एउटा तहसम्म छानबिन गर्ने अनि त्यहाँ राजनीतिक नेतृत्व जोडिएपछि तामेलीमा राखिदिने प्रवृत्ति अख्तियारमा देखिएको छ, यो गलत हो । चलखेलबाहेक तामेलीमा जानुपर्ने कारण त अरू के नै हुन्छ र ? 

यसलाई अख्तियारको कमजोरी भन्न  मिल्छ कि मिल्दैन ? 
कतिपय विषयमा अख्तियारकै कमजोरी पनि हुन्छ । अनुकूलको निर्णयका लागि राजनीतिक दबाब भए पनि अख्तियारले प्राप्त अधिकारको प्रयोग गरेर छानबिन टुंग्याएर मुद्दा चलाउन सक्छ । तर, अख्तियारकै आयुक्तविरुद्धमा समेत मुद्दा गएको हामीले देखेका छौँ । त्यसैले अख्तियारको कमजोरी छैन भन्न सकिन्न । उसो त अहिलेको नेतृत्वको नियुक्तिको विवाद पनि अदालतबाट अझै टुंगिसकेको छैन । 

यस्तो अवस्थामा सुधार ल्याउन अख्तियारले के गर्नुपर्छ ? 
अख्तियारले दबाब र प्रभावविना नै उजुरीको छानबिन गरेर र मुद्दा चलाउनुपर्छ । कतिपय ठूला फाइल तामेलीमा राख्ने र पछि हराउनेसम्मका घटना पनि देखिन्छ । भ्रष्टाचार र अनियमितता पुष्टि हुने प्रमाण फेला परेका मुद्दा चलाउनुपर्छ । धेरै मुद्दाले अदालतबाट पनि सफाइ पाएका छन् । न्यायालयमाथि पनि प्रश्न छन् । अनुसन्धान सकेका फाइलमा पनि मुद्दा नचलाउने र चलाएकोमा पनि हारेकाले भ्रष्टाचार मौलाएको हो । नियुक्ति, छानबिन र अदालतसम्ममा सुधार आवश्यक छ । 

सुझावित समाचार