खुकुरी प्रहार गरी चितवनको माडीमा एकको हत्या

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

खुकुरी प्रहारबाट चितवनको माडीमा एकजनाको हत्या भएको छ। माडी नगरपालिका– ४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरेको आशंकामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो। नेपालीको हत्या गरेको आशंकामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। 
 

See More On

सुझावित समाचार