अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न हुने पर्व छठपर्वको तयारी बागमती प्रदेशको राजधानी हेटौँडामा पनि भव्य रूपमा भइरहेको छ।
मिथिलाञ्चल क्षेत्रमा विशेष रूपमा मनाइने छठ केही वर्षयता हेटौँडामा पनि विशेष महत्वका साथ मनाउने गरिएको छ। हेटौँडाको राप्ती नदीतटमा छठको तयारीलाई तीव्रता दिइएको छ।
छठ पूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दासले शनिबारसम्म सम्पूर्ण तयारी पूरा हुने जानकारी दिए।
छठलाई भव्य रूपमा मनाउन हेटौँडा उपमहानगरपालिका– १ राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ। सूर्यको उपासनाको छठपर्व आजबाट सुरु भइसकेको छ।







