रुपन्देही २ मा केशवबहादुरलाई सत्तागठबन्धनको समर्थन

बुधबार, ९ कार्तिक, २०७९
डिजिटल संस्करण

पाँचदलीय सत्तागठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापामगरलाई समर्थन जनाउने निर्णय गरेको छ ।

बुधबार सत्तागठबन्धनका चार दलका शीर्ष नेताले यस्तो निर्णय गरेका हुन् । निर्णयपछि उनीहरूले जारी गरेको विज्ञप्तिमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापामगरलाई साझा उम्मेदवारका रूपमा समर्थन गरिएको उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीको भागमा परेको रुपन्देही २ मा सो पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सत्तागठबन्धन उम्मेदवारविहीन भएको थियो । सोही ठाउँमा गठबन्धनले जनमुक्तिका उम्मेदवार थापामगरलाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको हो । 
 

सुझावित समाचार