हिन्दूधर्मावलम्बीहरूको दोस्रो महत्वपूर्ण चाड यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन काठमाडौं उपत्यका बेहुलीझैँ सिंगारिएको छ ।
दीपावली तथा लक्ष्मीपूजाका लागि घरघरमा झिलिमिली पारिएको छ । नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की, दीपेन्द्र ढुंगाना र संजित परियारले आज साँझको काठमाडौंलाई क्यामेरामा यसरी कैद गरेका छन् ।















