हात्तीको आक्रमणबाट माउतेको मृत्यु

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत माउते रमेश महराको हात्तीको आक्रमणबाट ज्यान गएको छ।

ठोरी गाउपालिका ५ गडवालाइन पोष्टस्थित हात्तीसारमा घरपालुवा हात्तीले आफ्नै माउतेलाई शुक्रबार साढे ४ बजे आक्रमण गरेको प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। 

हात्तीलाई बाध्ने क्रममा एक्कासी हात्तीको सुडले धकेलेर लडाएर घाइते भएका रमेशको बिरगंज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वार्डेन रामले जानकारी दिए। 

सुझावित समाचार