३ प्रश्न

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

डेंगुको सेरोटाइप ३ पुष्टि हुँदा संक्रमणदरमा के असर पर्छ ?
एकभन्दा बढी सेरोटाइप एकैपटक फैलिँदा जोखिम स्वाभाविक रूपमा बढ्छ । जस्तै– सेरोटाइप २ सँगै ३ वा ४ पनि फैलिएमा गम्भीर लक्षणसहितका बिरामी बढाउने जोखिम बढ्ने हो । सामान्यतः पुनः संक्रमण हुँदा कडा लक्षण देखिने, अस्पतालमा संक्रमितको चाप बढ्ने र स्वाभाविक रूपमा मृत्युदर बढ्ने जोखिम रहन्छ । 

हामीकहाँ सेरोटाइप परीक्षण नहुँदा जोखिम बढेको हो ?
अहिले धरानमा मात्र सेरोटाइप ३ पुष्टि भएको छ । रोगको गम्भीरता कुन सेरोटाइप देखियो भन्नेका आधारमा भन्दा पनि एकैपटक फरक सेरोटाइप फैलँदा गम्भीर लक्षणसहितका बिरामी बढ्ने जोखिम बढेको हो । यदि समयमै संक्रमण फैलाइरहेको सेरोटाइप पत्ता लगाउन सकिएको भए त्यहीअनुसार उपचार सहज बनाउन सकिन्थ्यो । दुर्भाग्यवश डेंगु पिकमा पुग्दा पनि कुन सेरोटाइप फैलिइरहेको भन्नेसम्म थाहा थिएन । यसले संक्रमणदर र जोखिम अनुमानसमेत गर्न नसक्दा समस्या निम्त्याएको हो । 

डेंगु संक्रमण फैलाउने लामखुट्टेको जोखिम घट्न थालेको हो ?
लामखुट्टेको जोखिम कमभन्दा पनि काठमाडौंमा धेरैजसो मानिस संक्रमित भइसकेकाले संक्रमणदर घट्नचाहिँ सक्छ । तर, जहाँ लामखुट्टे बाँच्न सक्ने वातावरण हुन्छ, त्यहाँ डेंगु संक्रमणको जोखिम सधैँ रहन्छ । त्यसैले, हामी सबै सचेत भने हुन जरुरी छ ।  

सुझावित समाचार