‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौती

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले ‘लाइभ डिबेट’का लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । 

पूर्वप्रधानमन्त्री ओलीले देउवालाई सामाजिक सञ्जालमार्फत चुनौती दिएका हुन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेको चुनावी कमान्डरसमेत रहेका ओलीले देउवासँग एजेन्डामा आधारित बहस गर्न आफू तयार रहेको जनाएका छन् । 

उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

=

सुझावित समाचार