टिभिएसको एक्सचेन्ज तथा फाइनान्स मेला सुरु

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्र्यान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामको एक्सचेन्ज मेला आयोजना गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा कात्तिक ५ गतेसम्मका लागि मेला आयोजना गरेको हो । 

मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने जनाइएको छ । ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुईपांग्र्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा सात हजार रुपैयाँ बढी मूल्य पाउने कम्पनीले जनाएको छ । साथै, नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था रहेको जनाइएको छ । 

योजनामा ​​आकर्षक फाइनान्स अफर पनि समावेश रहेको उल्लेख छ । जसअनुसार न्यूनतम २५ प्रतिशत डाउन पेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँको मासिक इएमआईमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले जनाएको छ । ग्राहकले हेलमेट, बाइक कभर र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्ने जनाइएको छ ।    कम्पनीले देशभरमा एक सय ४० भन्दा बढी डिलरमार्फत ग्राहकलाई टिभिएसका दुईपांग्रे सवारीसाधन बिक्री गर्नुका साथै बिक्रीपश्चात्को सेवा र देशभर जगेडा पार्टपुर्जा उपलब्ध गराउँदै आएको जनाएको छ ।

See More On

सुझावित समाचार