ज्याजमान्डु–२०२२ आजदेखि

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

नेपालमा गुणस्तरीय ज्याज ल्याउन, सांस्कृतिक सिमाना नाघेर संगीतका माध्यमबाट शान्ति र करुणाको सन्देश फैलाउने उद्देश्यले ज्याज फेस्टिभलको १८औँ संस्करण आजदेखि सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण दुई वर्षको अन्तरालपछि फर्किएको सूर्य नेपाल ज्याजमान्डु–२०२२ मा सात कलाकारको सहभागिता रहनेछ । ज्याजमान्डुका अनुसार बालुवाटारस्थित मल्पी इन्स्टिच्युटमा कन्सर्ट तथा संगीत प्रतियोगिताबाट सुरु हुनेछ । 

ज्याजमान्डुको बहुप्रतीक्षित ज्याज बजार तेस्रो दिन गोकर्णस्थित फरेस्ट रिसोर्टमा हुने बताइएको छ । अन्तिम दिन दरबारमार्गको होटेल याक एन्ड यतीमा पूर्ण महोत्सवको तयारीका साथ समापन हुनेछ ।

सन् २००२ मा पहिलोपटक आयोजना गरिएको ज्याजमान्डु सूर्य नेपालको सहकार्यले सफल भएको छ । धेरै मानिसलाई संगीतको पहुँचमा पुर्याउन सूर्य नेपाल ज्याजमान्डुले निःशुल्क सो, विद्यालयलक्षित शैक्षिक कार्यक्रम तथा कार्यशालामार्फत सक्रिय रूपमा कार्यक्रम गर्दै आइरहेको छ । संगीतकार, स्वयंसेवक, फ्यान, विद्यार्थी र श्रोतालाई एकै ठाउँमा ल्याएर सांस्कृतिक अन्तरक्रियालाई पनि प्रवद्र्धन गरेको छ । 

सुझावित समाचार