सप्तरीमा ५ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

सप्तरीमा ५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। सप्तरीमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि कुल १८१ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये प्रतिनिधि सभा सदस्यतर्फ १ र प्रदेशसभा सदस्यतर्फ ४ गरी ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर ३ का लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद शर्माले उम्मेदवारी फिर्ता लिएका हुन्। त्यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्वर १ (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका कुमरनाथ मिश्र, ३ (क) मा स्वतन्त्रबाट उम्मेदवारी दिएका अनिलकुमार गुप्ता, ३ (ख) मा स्वतन्त्रबाट उम्मेदवारी दिएका अमरेन्द्र यादव र ४ (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका मोहम्मद गफुरले उम्मेदवारी फिर्ता लिएका हुन्।

हाल प्रतिनिधि सभा र प्रदेश सभा गरी १७६ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
 

सुझावित समाचार