चितवन ३ मा आफ्ना उम्मेदवार फिर्ता बाेलाएर कांग्रेसका ‘बागी’लाई एमालेकाे समर्थन !

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ। पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएपछि उनको उम्मेदवारी फिर्ता भएको हो। 

निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का  सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलका अनुसार पार्टीले नै उनको उम्मेदावारी फिर्ता गराएको हो। 

एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाई सहयोग गर्ने उद्देश्यसहित उम्मेदवारी फिर्ता गरेको बताइएको छ। चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने भनिएको भए पनि अन्तिम समयमा आएर उनले आफ्नो उम्मेदवारी गोरखा– २ मा दर्ता गराएका थिए। 

अहिले चितवन– ३ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन भने राप्रापाबाट ठेकेदारसमेत रहेका विक्रम पाण्डे छन्। 

एमालेले राप्रापासँग तालमेल गर्ने तयारी गरेको भए पनि अन्त्यमा आएर बागी उम्मेदवारलाई सहयोग गर्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सुझावित समाचार