एनआइसी एसिया क्यापिटल र ट्रु नर्थबीच सम्झौता

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटल लिमिटेड र ट्रु नर्थ एसोसिएट्स प्रालिले आफ्ना ग्राहकलाई कोष संकलन र लगानी बैंकिङ सेवाहरू उपलब्ध गराउन सहकार्य गर्ने भएका छन् । सहकार्यका लागि क्यपिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेन्द्र रायमाझी र ट्रु नर्थ एसोसिएट्सका लगानी निर्देशक निधान श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

समझदारीपछि दुवै संस्थाले प्रत्येक संस्थाको अद्वितीय शक्तिलाई उजागर गर्न र संयोजन गर्न सहकार्यका साथ काम गर्ने विश्वास लिएको क्यापिटलले जनाएको छ । लगानी बैंकिङ र मर्चेन्ट बैंकिङ समाधान प्रदान गर्न तिनीहरूको क्षमता अभिवृद्धि गर्दै जाने कम्पनीले जनाएको छ ।

सुझावित समाचार