उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनुपर्ने कुरा के–के हुन् ?

अर्थ ज्ञान

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण
  •     उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर ।
  •     खाद्य पदार्थ, औषधि र सौन्दर्य सामग्रीजस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल ।
  •     गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर ।
  •    वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट) ।
  •     निश्चित अवधिभित्र उपभोग गरिसक्नुपर्ने वस्तु भए त्यस्तो अवधि ।
  •     वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति । 
  •     इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ग्यारेन्टी वा वारेन्टी र ग्यारेन्टी वा वारेन्टी मिति तथा सो वस्तुसँग सम्बन्धित कानुनबमोजिम अन्य आवश्यक कुरा ।
  •     ग्यारेन्टी वा वारेन्टी भएको अवस्थामा कुनै त्रुटि देखिएमा त्यसको शोधभर्ना दिने वा निश्चित अवधिसम्म मर्मत गरिदिने व्यवस्था ।
  •     प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाका लागि अपनाउनुपर्ने पूर्वसावधानीसम्बन्धी विवरण ।
  •     वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य ।
  •     वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुर्याई प्रयोग गर्दा हुन सक्ने हानि, नोक्सानी ।
  •     मानव स्वास्थ्यलाई हानि पुर्याउने खालका पदार्थहरूको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग आदि । 

स्रोत : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

सुझावित समाचार