उत्तरी हुम्लामा हिमपात, हिउँले ढाक्याे \'उवा\' (तस्बिर)

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

एक सातादेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका -६ लिमीमा हिमपात भएकाे छ। हिमपात भएसँगै पाकेर भित्र्याउन थालेकाे जेठासी बाली उवा हिउँले ढाकेकाे हो।

एकसातादेखि परेकाे अविरल वर्षासँगै नाम्खा गाउँपालिका-लिमीमा हिउँ परेपछि जेठमासे बाली उवा भित्र्याउन समस्या भएकाे नाम्खा गाउँपालिका- ६ का स्थानीय तेन्जिङनुर्बु लामाले जानकारी दिए। हिमपातले नाम्खा गाउँपालिकामा क्षति भएकाे छ भने वर्षाले हुम्ला जिल्लाकाे सिमकाेट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली, ताजाँकाेटमा अन्नबालीमा क्षति पुर्‍याएको छ। 

सुझावित समाचार