प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका– ४ फरिन्डेमा स्थानीय बमबहादुर राहुमगरको घर पहिरोमा पुरिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहुमगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हीराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहुमगर बेपत्ता भएका छन् । 

 दिउँसो साढे ३ बजे घटना घटेलगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापामगरले बताए ।  ‘अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ,’ उनले भने । रासस

सुझावित समाचार