चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

शुक्रबार, २१ असोज, २०७९
डिजिटल संस्करण

 चन्द्रागिरि नगरपालिका– २ देउरालीनजिकै पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका– २ देउरालीनजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीनजनाको ज्यान गएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए। 

उनका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका– १२ स्थायी घर भई अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथिको ज्यान गएको छ।

पहिरोमा पुरिएका उनीहरूको शव निकालिएको वडाध्यक्ष तामाङले बताए। 

सुझावित समाचार