बन्दसूचीबारे कांग्रेस पदाधिकारी बैठक जारी

शुक्रबार, १४ असोज, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। समानुपातिकतर्फको बन्दसूची सच्याउने विषयमा छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बसेको हो।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा समानुपातिकतर्फको प्रारम्भिक बन्दसूचीमा असहमति राख्दै संस्थापनइतर समूह असन्तुष्ट छ। इतर समूहले बन्दसूची नसच्याए विद्रोह गर्नेसम्मको चेतावनी दिएपछि कांग्रेस नेताहरू निरन्तरजसो छलफलमा छन्।

सुझावित समाचार