सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेस स्ट्राटेजी कन्फेरेन्सकोे पाँचौँ संस्करण सम्पन्न गरेको छ । कम्पनीका कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा गत आर्थिक वर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनीतिबारे छलफल गरिएको थियो । साथै, आर्थिक वर्ष ०७८÷७९ उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीलाई ३१ विधामा सम्मान गरिएको हो । आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवालाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउँदै लैजानेबारे पनि छलफल भएको हो । यस्तै आउँदा दिनमा विभिन्न आधुनिक तथा नवीनतम डिजिटल सेवा प्रचलनमा ल्याउने योजना रहेको कम्पनीको भनाइ छ ।