विवेकशील साझाको प्रवक्तामा परियार नियुक्त

बिहिबार, ६ असोज, २०७९
डिजिटल संस्करण

विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ। 

पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत रहेका नेता परियारलाई प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समीक्षा बाँस्कोटाले बताइन्।

प्रवक्ता परियार विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन्। पार्टी स्थापना कालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका इटहरीका परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागप्रमुख पनि हुन्।

सुझावित समाचार