टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले टिभिएस स्मार्ट सोनेक्ट कनेक्टिभिटी प्लेटफर्म, राइड मोडहरू छान्ने सुविधाका साथ हलुका वजन रहेको स्कुटर बजारमा ल्याएको हो ।
कम्पनीले सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचरयुक्त स्मार्ट सोनेक्ट कनेक्टिभिटी प्लेटफर्मसहितको लन्चसँगै स्कुटर उद्योेगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको दाबी गरेको छ । यसमा मोड चेन्ज, नेभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडिलगायत अन्य थुप्रै कनेक्टिभिटी फंक्सनहरू समावेश गरिएको उल्लेख छ ।
१२५ सिसी सेग्मेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर भएको कम्पनीको दाबी छ । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बसनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको जनाइएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको जनाइएको छ ।
टिभिएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस उपाध्यक्ष राहुल नायकले नेपाल सधैँ कम्पनीका लागि प्रमुख बजार भएकाले ग्राहकका लागि यो स्कुटर ल्याउन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘भर्खरै लन्च गरिएको टिभिएस एनटर्क १२५ रेस एक्सपीले यस खण्डमा उच्च शक्ति, फस्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पिड र उत्कृष्ट एक्सेलेरेसन प्रदान गर्छ । स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिबद्धता मात्रै गर्दैन, उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारीसाधनका विशेषतासहितको सेगमेन्ट–फस्ट १०.२ पिएस पावरले भरिएको छ ।’ कार्यक्रममा टिभिएस मोटर साइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले यो स्कुटर नेपालमा गेम चेन्जर हुन सक्ने बताए ।