लोसपाका सबै शीर्ष नेता प्रत्यक्ष लड्ने

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाएको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता प्रत्यक्ष चुनाव लड्ने गरी अन्य नेताहरू समावेश रहेको समानुपातिक उम्मेदवार सूची लोसपाले बुझाएको हो ।

पार्टीका नेता केशव झाले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ करिब २०० उम्मेदवारको सूची बुझाइएको जानकारी दिए । उनले सबै शीर्ष नेताहरू प्रत्यक्ष चुनाव लड्ने जानकारी दिए । प्रदेशसभातर्फ समानुपातिकमा सबै प्रदेशका लागि बन्दसूची बुझाइएको उनले बताए । 
 

See More On

सुझावित समाचार