सुर्खेतमा टिभिएसको एओजी राइड

सोमबार, ३ असोज, २०७९
डिजिटल संस्करण

टू–ह्विलर्स कम्पनी टिभिएसले आफ्ना ग्राहकका लागि अपाचे ओनर ग्रुप (एओजी) नामक समूहलाई सुर्खेतमा राइड कार्यक्रम गरेको छ । सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटेल भ्याली भ्युसम्म ३५ जना राइडरको सहभागितामा कार्यक्रम भएको हो । 

कार्यक्रमअन्तर्गत राइडमा भ्लगर प्रज्वल बस्नेत र रूपेश विकलगायतको सहभागिता रहेको जनाइएको छ । पश्चिम  नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य रहेको भन्दै विकले यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा व्यक्त गरेका थिए ।  

टिभिएसले हालसम्म एओजी राइड कार्यक्रमअन्तर्गत काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी, नारायणी च्याप्टर, धनगढीमा सम्पन्न गरिसकेको जनाएको छ । यो अभियानमा सहभागीहरूले यसलाई मनपराएको पाइएको कम्पनीको दाबी छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने कम्पनीले उल्लेख गरेको छ । टिभिएस टू–ह्विलर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभरमा एक सय ३२ भन्दा बढी डिलरमार्फत सहज वितरण सञ्जालका कारण ग्राहकले यसलाई रुचाएको कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार